यदि तपाई अलि पुरानै इन्टरनेट प्रयोगकर्ता हो भने - टिकटक बन्द हुने भो भनेर राँडो रुवाई गर्नु नै बेकार हो। यस भन्दा पहिले कति पटक पोर्न साइट/कन्टेन्ट बन्द गर्ने सरकारी निर्णय सुन्नु भो ? ती साइटहरू कति समयलाई कहिले बन्द भए ?
अहिले सम्म सरकारले कुनै पनि "क्लाउड कन्टेन्ट" नियन्त्रणमा लिएको उदाहरण छ ? छैन । सरकारले यही संरचनाले टिकटक बन्द हुने छाँट म चाहिँ देख्दिन । भए २,४ दिनलाई हो । त्यो पनि सबै तिर नहोला ।
लौ टिकटक बन्द भयो नै रे ! यसमा आत्तिनु पर्ने कुरा के छ ? खासमा भन्नु हुन्छ भने नेपाली टिकटक प्रयोगकर्ताहरूलाई "ब्रेक"चाहिएको छ । नेपाली प्रयोगकर्ताहरुले टिकटकमा यो भन्दा राम्रो क्रियटिभी देखाउन सक्छन् -
अहिलेका प्रयोगकर्ताहरूमा भ्युज बढाउने , अरूको देखासिकी गरेर पैसा कमाउने भूतले अन्धा भएका छन् । आफ्नो क्षमताको आकलन नै छैन । भाइरल बन्ने नाममा अश्लीलताको बाढी आएको छ ।
टिकटक अल्गोरिदम बिचार गर्नु भएको छ - तपाईँले जे हेर्न खोज्नु(चाहनु) भएको छ त्यही देखाई दिन्छ । विपरीत सोचको स्थान छैन । समाजमा ठ्याक्क आफूले सोचेको भन्दा फरक "बिचार" को अस्तित्व नहुने पनि हुन्छ ?? हुन्न । टिकटक जस्ता सामाजिक सञ्जालहरूले तपाई हामीलाई एकोहोर्याई दिएका छन् ।
तपाइले भने जस्तो टिकटकमा "बेपार" छ भन्ने कुरालाई चाहिँ म सोह्रै आना समर्थन गर्छु । कसैले सटर भाडा तिर्न नसकेर व्यापार बन्द गर्ने अनि कोही बिना कुनै दर्ता , राज्यको कुनै पनि करको दायरामा नपरी व्यापार गर्ने भन्ने पनि हुन्छ र ?
महिनाको १० हजार तलब खानेको कर काट्ने अनि महिनाको लाखौको बेपार (PAN) दर्ता सम्म नगरी गर्ने ? राज्य छ - हामी छौ । प्रचण्ड / देउवा / ओली मन परे पनि नपरे पनि राज्य सञ्चालनको "चक्र"लाई हामीले स्विकार्नुको विकल्प छैन ।
आज टिकटक बन्द गर्यो , भोली फेसबुक , ट्विटर सबै भन्दा गर्छ हाम्रो आवाज बन्द गर्छ भन्नेहरूलाई चाहिँ म - तपाईँलाई "एन्जाइटी" को समस्या हुन सक्छ अहिलेलाई आराम गर्नुहोस भन्न चाहन्छु । साँच्चै सरकारलाई टिकटक बन्द गर्न दिनुहोस् न । पहिलो कुरा - सक्दैन ।
भै-हाले इन्टरनेट बन्द नहुन्जेल यस्ता एपहरूको कमी हुँदैन । भिडको पछी लागेर तपाई हामीले टिकटको ब्यापर प्रवर्दन गर्दिन जरुरी छैन । उ बेला हामी , MSN , Yahoo Messanger नहुने हो भने कसरी कुरा गर्ने ? सम्बन्धहरू सबै सकिन्छ होला भनेर सोच्थ्यौ । आज ? तपाईँले नबुझ्नु भएको कुरा के छ ?